आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिंहदरवार भत्काउन फेरि सुरु भयो चलखेल

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २७, २०७४



  • काठमाडौं, चैत २७ । एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ ।

    भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ ।

    पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना जारी गरेको छ । यसले भत्काउने पक्षमा फेरि चलखेल बढेको खुलेको हो ।

    सिंहदरबारको बनोट र निर्माण विधिअनुसार भत्काउनु नपर्ने भन्दै पुरातत्वविदको सुझावमा प्राधिकरणले तीन महिनाअघि रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो । रेट्रोफिटिङपछि प्रयोग हुनै नसके पनि ऐतिहासिक महत्वको भएकाले जस्तो हालतमा छ, जोगाउनुपर्ने पुरातत्त्वविदको सुझाव छ ।

    करिब एक वर्षअघि पनि सिंहदरबार भत्काउने कि नभत्काउने विषयमा मतभेद भएको थियो । प्राधिकरणले रेट्रोफिटिङ गरेर प्रयोग गर्न सकिने भन्दै त्यसका लागि प्राधिकरणका सदस्य हरेराम पराजुली संयोजकत्वमा पुरातत्वविद्हरूसमेत सम्मिलित कार्यदल बनाएको थियो ।

    प्राधिकरण स्रोतका अनुसार रेट्रोफिटिङका लागि केही प्रस्तावसमेत परिसकेको थियो ।

    अर्को सूचना नआएसम्म उक्त प्रस्ताव स्थगन भएको सूचना दुई दिनअघि प्राधिकरणले जारी गरेको थियो । ‘यो सूचनाअनुसार अब पुनः भत्काउने चलखेल भएको बुझ्न सकिन्छ,’ प्राधिकरणकै एक अधिकारीले भने । भत्काउने र पुनः अर्को भवन बनाउने नाममा आर्थिक लाभ लिन माफियाहरू सक्रिय भएको रेट्रोफिटिङ कार्यान्वयन कार्यदलका सदस्य तथा पुरातत्वविद् रवीन्द्र पुरीले आशंका गरे । सरकार सञ्चालनमा बस्नेहरुले उनीहरुकै लबिइङअनुसारको निर्णय गर्न खोज्दा दुःख लागेको उनले सुनाए ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले १४ महिनादेखि सिंहदरबारबारे अध्ययन भइरहेको बताए । ‘रेट्रोफिटिङ गरेर प्रयोग गर्न नसकिए भत्काए हुन्छ भनेर प्रधानमन्त्रीज्यूले बैठकमा कुरा उठाउनुभएको थियो,’ भुसालले भने, ‘यसै विषयमा थप अध्ययन गर्न कुनै सूचना जारी भएको हुन सक्छ । सम्बन्धित समितिले यसबारे काम गरिरहेको छ ।’ –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij