आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पुँजी बजारमा कालोधन निरुत्साहित गर्न नयाँ व्यवस्था

  • प्रकाशित मिति : बिहिबार, चैत्र २९, २०७४



  • नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा कालोधन भित्रन नदिन नयाँ व्यवस्था गरेको छ।

    सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०६९ लाई प्रतिस्थापन गर्दै नयाँ निर्देशिका बनाइएको बोर्डले जनाएको छ।

    वैशाख १ देखि नयाँ व्यवस्था कार्यान्वयनमा आउने छ। ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ बोर्ड बैठकद्वारा पारित भएको छ।

    यस व्यवस्थापछि पुँजीबजारलाई पारदर्शी बनाउन सहयोग पुग्ने बोर्डका प्रवक्ता निरज गिरीले बताए।

    बुँदागत रुपमा हेर्नुहोस् नयाँ व्यवस्थाहरु

    सूचक संस्थाले बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न र कारोबार गर्न गराउन पाउने छैनन्।

    धितोपत्र तथा बस्तु बिनिमय व्यवसायी तथा फर्छयौट संस्थालाई सूचक संस्था भन्ने गरिन्छ। त्यस्ता संस्थाले केवाईसी फारम भराई ग्राहकको स्पष्ट पहिचानसहितका विवरण राख्नुपर्ने छ।

    वेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको पाइएमा त्यस्तो खाता वा कारोबार सूचक संस्थाले तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्ने छ।

    ति संस्थाले आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नु पर्नेछ।

    ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजातहरु रुजु गर्ने जिम्मेवारी सहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातहरुको आधिकारिकता निजबाट रुजु गराई राख्नु पर्नेछ।  ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नु पर्नेछ।

    सूचक संस्थाले यस दफा बमोजिम पेश गरेका कागजात तथा विवरणको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।

    एक दिनमा पटक पटक वा एकै पल्ट दश लाख रुपैयाँभन्दा वढिको कारोवार गर्नेको जानकारी कारोबार भएको १५ दिनभित्र वित्तीय जानकारी इकाईमा दिनु पर्नेछ।

    शंकास्पद कारोवार सम्वन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा अनिवार्य दिनुपर्नेछ।

    सूचक संस्थाले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत ग्राहकपहिचान सम्बन्धी उपयुक्त उपायहरु अपनाउनु पर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij