प्रकाशित मिति : मङ्लबार, बैशाख ४, २०७५
विराटनगरस्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा बम बिस्फोट भएको छ।
सोमबार राति करिब नौ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा साँझ बम विष्फोट भएको हो
बिस्फोटनबाट भवनको पर्खालमा सामान्य क्षति पुगेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए। मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्ररम्भीक अनुसन्धानमा खुल्न आएको छ।
नुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्।
२०६५ कोशीमा भीषण बाढी आयो। तटबन्ध फुटेर नेपाल र भारत दुवैतिर डुबान भयो। त्यो संकटको बेला आवागमन सुलभ बनाउने लगायत कारणले वीराटनगरमा भारतको सम्पर्क कार्यालय खुल्यो। स्थिती पूर्ववत भइसक्दा पनि भारतले हटाउन चाहेको छैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij