आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीद्वारा सिरहाका दुई बालबालिकालाई विद्यालय भर्ना

  • प्रकाशित मिति : बुधबार, बैशाख ५, २०७५



  • सिरहा, वैशाख ५ । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियानअन्तर्गत् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिरहाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।

    सिराहाको कल्याणपुर नगरपालिपाका–११ स्थित रामदुलारी माविमा सोही ठाउँका दिनेशकुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ वर्षीया छोरी रुपाकुमारी मण्डल (खत्वे) तथा भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षीय छोरा पवन मल्लिक (डोम)लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराएका हुन् ।

    भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्री ओलीले पुस्तक र पोसाकसमेत वितरण गरेका थिए ।

    विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए ।

    उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

    यसअघि, वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij