प्रकाशित मिति : बिहिबार, बैशाख ६, २०७५
बैंकले बुधबार राजधानीमा नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै पछिल्ला तीन आर्थिक वर्षको बजेटका कारण नै वित्तीय क्षेत्रमा तरलता अभाव देखिएको जनाएको हो ।पछिल्ला वर्षका बजेट अवास्तविक तरिकाले निर्माण गरिएका कारण तरलता अभावसँगै ब्याजदर वृद्धिको समस्या आएको बैंकले जनाएको हो ।
विश्व बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोशिकले बजेट वास्तविक आधारमा नबनाइएको, सरकारी खर्च परिचालन हुन नसक्नुजस्ता कारणले लगानीयोग्य रकमको अभाव भइ ब्याजदर बढ्न गएको उल्लेख गरे ।
अनावश्यक सरकारी खर्च बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सुरक्षालगायत खर्च व्यवस्थित गर्न आवश्यक रहेकामा पनि बैंकले जोड दिएको छ ।
बैंकले नेपालको यस वर्ष आर्थिक वृद्धि ४.६ प्रतिशत र आगामी दुई वर्ष ४.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरिसकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij