आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोबाइल चोरी गरी अनलाईन बजारमा बिक्री गर्ने फुटबल खेलाडी दीपेश पक्राउ

  • प्रकाशित मिति : बिहिबार, बैशाख ६, २०७५



  • काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोबाइल, ल्यापटपलगायतका समाग्री चोरी गरी सेकेन्ड ह्याण्ड बजारमा बिक्री गरेको आरोपमा प्रहरीले फुटबल खेलाडी दिपेश श्रेष्ठलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट चोरी गरेका मोबाइल र ल्यापटप अनलाइन बजार र सेकेण्डह्याण्ड बजारमा बिक्री गर्ने मुख्य अभियुक्त श्रेष्ठलाई प्रहरीले बुधबार प्रकाउ गरेको हो।

    सरस्वती फुटबल क्लब कोटेश्वरका कप्तानसमेत रहेका श्रेष्ठ फुटबलमा कहिलिएका खेलाडी हुन्।

    उनले साथी सुबास खड्कासँग मिलेर सेकेन्डह्याण्ड बजारमा ब्यापा गर्ने गरेको प्रहरीले जनाएको छ।

    विशेष सूचनाका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेपछि उनैले दिएको सूचनाका आधारमा श्रेष्ठको घरमा प्रहरी पुगेको थियो।

    काठमाडौं महानगरपालिका ६ रेम्बोडाँडास्थित श्रेष्ठको घरमा लुकाइछिपाइ राखेको चोरीका समानहरू उनीहरूले हाम्रो बजार, सस्तो बजार जस्ता सेकेन्डह्याण्ड अनलाईन बजार र पसलमा बिक्री गर्ने गरेको रहस्य खुलेको हो।

    प्रहरीले श्रेष्ठको घरमा विभिन्न स्थानबाट चोरी गरि ल्याएको बिभिनन्न ब्राण्डका मोबाइल ३३ थान, आइप्याड २ थान, पावर बैंक ३ थान, ३२ इन्च सोनी कम्पनीको टिभी २ थान,  विभिन्न प्रकारका डिजिटल क्यामेरा २ थान, नेपाली नगद ४३ हजार ५ सय, भारू २ हजार, विभिन्न कम्पनीका ल्यापटप ५ थान तथा गियरवाला साइकल १ थान बरामद गरेको छ।

    प्रहरीले खड्का र श्रेष्ठलाई मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij