आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाँच हजार रुपैयाँको टिकट काटेर राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

  • प्रकाशित मिति : सोमवार, बैशाख १०, २०७५



  • काठमाडौं, वैशाख १० । दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    राष्ट्रपति भण्डारीले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराएकी हुन् ।

    मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय पुगेर पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिए ।

    कोषका पदाधिकारीसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिइन् ।

    सो अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

    भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गरेकी थिइन् । त्यसबेला उनले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गरेकी थिइन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij