आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पठन–पाठन संस्कृतिलाई विकसित प्रविधिसँग जोड्न आवश्यक : शिक्षामन्त्री

  • प्रकाशित मिति : सोमवार, बैशाख १०, २०७५



  • काठमाडौं, वैशाख १० । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारले शिक्षाको क्षेत्रमा राम्रोसँग काम गर्न नसकेको स्वीकार गरेका छन् ।

    सोमबार राजधानीमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपालको पठन–पाठन संस्कृतिलाई पनि विकसित प्रविधिसँग जोड्न आवश्यक रहेको बतबाए ।

    उनले आफू सरकारमा रहँदा नै पुस्तक र पुस्तकालयसम्बन्धी नीति बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाली शिक्षा क्षेत्रका समस्या सम्बोधन गर्ने कुनै निकाय नभएकाले शिक्षासँग सम्बन्धित परिषद बनाउने योजना पनि उनले सुनाए ।

    कार्यक्रममा संसारभरिकै बालबालिका र किशोरहरुमा पढ्ने बानीमा कमी आइरहेको सरोकारबालाहरुले बताएका थिए ।

    बालबालिका तथा किशोरहरुमा पढ्ने रुचि घटाउने बाधक तत्वकारुपमा विद्यालय स्वयं पनि रहेको सरोकारवालाहरुको भनाइ छ ।

    विद्यालयले शैक्षिक उत्कृष्टतामामात्र जोड दिनाले विद्यार्थीहरुले पाठ्यपुस्तकबाहेक अरु पुस्तक पढ्नुलाई बोझकारुपमा लिने गरेको उनीहरुले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij