आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक वर्षमा ३ लाख ४१ हजार विदेसिए

  • प्रकाशित मिति : बिहिबार, बैशाख १३, २०७५



  • एक वर्षको अवधिमा कामका लागि ३ लाख ४१ हजार नेपाली विदेसिएका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत वर्षको बैशाखदेखि चैतसम्म ३ लाख ४१ हजार १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

    अन्तिम श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा धेरै मलेसियाका लागि छन्। एक वर्षको अवधिमा कुल १ लाख १६ हजार ६०५ नेपालीले मलेसियाका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

    मलेसियापछि कतारमा जानेको संख्या उच्च छ। एक वर्षमा कुल ९७ हजार ८०२ जनाले कतारका लागि श्रम स्वीकृति लिएका छन्। कतारपछि साउदी अरब र दुबईमा जाने नेपाली धेरै छन्।

    गत वर्ष मलेसियाभन्दा कतारमा जाने नेपालीको संख्या उल्लेख्य भए पनि यो वर्ष भने मलेसिया जानेहरु बढेको विभागले जनाएको छ।

    जेठमा सबैभन्दा धेरै ३३ हजार ९३३ नेपाली विदेसिएका छन्। चैतमा ३१ हजार ८१८, फागुनमा २६४०१, माघ महिनामा २८ हजार ४१५ ले अन्तिम श्रम स्वीकृति लिएका छन्।

    पुसमा २७ हजार ९२७, मंसिरमा २७ हजार ९६५, कात्तिकमा २८ हजार ५२२, असोजमा २४ हजार ५६९, भदौमा ३१ हजार ८६, साउनमा २८ हजार १२१, जेठमा ३३ हजार ९३३, बैशाखमा २९ हजार ९४३ ले अन्तिम श्रम स्वीकृति लिएका छन्।

    कोरियामा ७ हजार ४ सय गए
    यसैबीच दक्षिण कोरियामा एक वर्षमा ७ हजार ४१४ जना गएका छन्। विभागका अनुसार २०७३ सालको बैशाखदेखि चैतसम्म ७ हजार ९३ जना पुरुष र ३२१ जना महिला कोरिया पुगेका छन्।

    गत वर्षको असारमा मात्रै १६ सय ६ जना कोरिया गएका छन्। चैतमा ७७४, फागुनमा २६१, माघमा ९५, पुसमा २५०, मंसिरमा ४१८, कात्तिकमा ३५१, असोजमा २९१, भदौमा ४३९, साउनमा ८९९, जेठमा ११६४ र वैशाखमा ८६६ कोरिया गएको विभागको तथ्याङ्क छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij