आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश नम्बर ७ मा अल्पकालिन बजेट सर्वसम्मतले पारित

  • प्रकाशित मिति : आइतवार, बैशाख १६, २०७५



  • कैलाली, बैशाख १५ । प्रदेश नम्बर ७, सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि ल्याएको अल्पकालिन बजेट संसदबाट सर्वसम्मत रुपले पारित भएको छ ।

    प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पेश गरेको एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट शनिबार बसेको संसद बैठकले सर्वसम्मतले पारित गरेको हो ।

    बजेटको विपक्षमा कसैको मत नआएपछि सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतले बजेट स्वीकृत भएको घोषणा गरे ।

    बजेट खर्च गर्ने अख्तियारी सम्बन्धि विनियोजन विधेयक २०७५ प्रति विपक्षी पार्टीका सांसदले असहमति जनाएनन् ।

    उक्त विधेयक सर्वसम्मतले पारित भएको छ । यो विधेयक चालू आर्थिक वर्षसम्मका लागि मात्रै रहने छ ।

    यसअघि, विपक्षी पार्टीका सांसदहरुले दुई वटा संशोधन प्रस्ताव दर्ता गरे पनि आजको बैठकबाट फिर्ता लिएपछि उक्त प्रस्तावमा छलफल भएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij