आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १८, २०७५



  • आज भन्दा झण्डै ९ वर्ष अघि अर्थात २०६६ साल भदौ २४ गते जतिबेला कमलालाई सुत्केरी व्यथाले च्यापेको थियो, उनी जिल्ला अस्पताल सल्लेमा भर्ना भइन् । अत्यधिक रक्तश्रावका कारण उनलाई जिल्लामा उपचार गर्न सक्ने अवस्था भएन । उनी मृत्युसँग पौठेजोरी खेलिरहेकी थिइन् । त्यतिबेला उनै नेपाल देशका प्रधानमन्त्री थिए ।

     कमलालाई लाग्छ, माधव नेपाल नभएको भए उनी अहिले यो दुनियाँमा सायद हुने थिइनन् । किनकि, उनको उपचारमा संलग्न जिल्ला अस्पतालका चिकित्सकले बाहिर नलिए उनको ज्यान खतरामा रहेको बताइसकेका थिए । तत्काल जिल्ला बाहिर लिन न साधन थियो, न आर्थिक अवस्था । तर, उनको जीवनमा माधव नेपाल ‘भगवान’ बनेर प्रक्रट भए । त्यसैले उनी, नेता नेपाललाई बुवा मान्छिन् ।

    प्रधानमन्त्रीको हैसियतले कामको सिलसिलामा सुदूरपश्चिम पुगेका नेपाल नेपालगञ्ज विमानस्थलमा आएको खबर पाएपछि एमाले नेता खेममान खड्काले चन्दको अवस्थाका बारेमा बताए । त्यसपछि नेपाल नेपाली सेनाको हेलिकप्टर लिएर रुकुम पुगे । अनि त्यही हेलिकप्टरमा राखेर कमलालाई काठमाडौँ पुर्‍याए । त्यतिबेला कमलाको ज्यान त बच्यो तर, बच्चा बाँच्न सकेन ।

    कमलाले आफ्नो जीवनलाई पुनर्जन्म दिएका नेपाललाई भेट्न हतार हुनु स्वभाविकै हो । त्सैले उनी सोमबार बिहान हतार हतार एक छोरी र एक छोराको साथ नेता नेपालसँग भेट गर्न पुगिन् । उनीसँगै उभिएर फोटो पनि खिचिन् । रुकुम पुगेका नेपालले आफैले पनि कमलाको बारेमा चासो समेत राखेका थिए । उनको घरपरिवारको अवस्था बुझेका थिए । नेता नेपालले कमलाका चार वर्षका छोरा सकिन र ११ वर्षकी छोरी निरुतालाई पढाउने जिम्मा समेत लिएका छन् ।

     कमलाका श्रीमान अहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार छन् । उनी त्यहाँ बिरामी परेका छन् । कमलाले आफ्नो श्रीमानको विषयमा बताएपछि नेता नेपालले उनको उद्धार र स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि कमलाले चार वर्ष अघि काठमाडौँ पुगेरै नेता नेपाललाई भेटेकी थिइन् ।

    ९ वर्ष अघिको घटना सम्झिदै कमला भन्छिन्, ‘बुवाले ९नेपाल०ले मलाई नयाँ जीवन दिनुभयो, उहाँकै कारण मैले अर्को जीवन पाएँ ।’

    शिखरन्युज बाटा साभार ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij