आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिपायल विद्युत स्टेशनमा आगलागी, डोटी र अछाममा विद्युत अवरुद्ध

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • अछाम, वैशाख १९ । दिपायल विद्युत स्टेशनमा पुनः आगलागी भएको छ ।

    बुधबार बिहान ८ बजेको समयमा आगलागी हुँदा ट्रान्सफर्मर जोडने तारहरु जलेर नष्ट भएका छन् । स्टेशनका फिडरहरु पनि जलेका छन् ।

    चट्याङका कारण आगलागी भएको हुन सक्ने विद्युत कार्यालयका कर्मचारी भरत द्वारियाले बताए । करिब १० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको छ ।

    आगलागीबाट डोटी र अछाममा विद्युत अवरुद्ध छ । बिगत केहि दिन देखिको लागातार हावाहुरीले गर्दा डोटीका ग्रामीण भेगमा धेरै दिनदेखि विद्युत अवरुद्ध थियो ।

    गत बर्ष पनि यो विद्युत स्टेशनमा आगलागी भएको थियो । गत वर्षको आगलागीबाट ट्रान्सफर्मर र फिडरहरु सबै जलेर नष्ट भएका थिए ।

    करिब ७ र ८ दिनपछि नयाँ उपकरणहरु जडान विद्युत सेवा सुचारु गरिएको थियो । वर्ष दिन नपुग्दै पुनः आगलागी भएको हो ।

    आगलागीबाट भएको क्षतिको विवरण आउन भने बाँकी छ ।

    घटनाको प्रकृतिअनुसार विद्युत नियमित सञ्चालन हुन एक हप्ता लाग्न सक्ने जनाईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij