आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नौ महिनाको घर बहाल कर फिर्ता गर्न ललितपुर महानगरको अर्थलाई पत्र

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • ललितपुर महानगरपालिकाले नौ महिनाको घर बहाल कर फिर्ता गर्न अर्थ मन्त्रालयलाई पत्र पठाएको छ।

    संविधानमै स्थानीय सरकारलाई घर बहाल कर उठाउने अधिकार दिए पनि आन्तरिक राजश्व विभागले विभिन्न कारण देखाउँदै आफैं उठाइरहेकाले मन्त्रालयलाई पत्र लेख्न बाध्य भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सेतोपाटीलाई बताए।

    ‘संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दियो। सोहीअनुसार हामीले असार अन्तिम साता बसेको नगरसभाबाट बहाल कर लिने निर्णय गर्‍यौं। तर आन्तरीक राजश्व विभागले पनि कर लिन छाडेन,’ मेयर महर्जनले भने, ‘चालु आर्थिक वर्षदेखि नै विभागले संविधानसँग बाझिएको आयकर ऐनलाई देखाएर १० प्रतिशत कर उठायो। हामीले भने २ प्रतिशत मात्र पायौं।’

    आयकर ऐन २०५८ अन्तर्गत १० प्रतिशत कर केन्द्रमा आउने गरेको थियो। सोही अनुसार भाडा आय शीर्षकमा उसले बहाल कर लिँदै आएको थियो। याता स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार स्थानीय तहले २ प्रतिशत कर संकलन गर्दै आएका थिए।

    गत चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले घरबहाल करको दोहोरोपनको व्यवस्थालाई हटाएपछि घर बहाल कर संकलन स्थानीय तहले नै पाउने भएका थिए।

    सोही व्यवस्थालाई मध्यनजर गर्दै साउनदेखिको घर बहाल करको रकम फिर्ता मागिएको महानगरले जनाएको छ।

    नेपालको संविधान २०७२ को अनुसूची ८ मा स्थानीय सरकारले घर बहाल करसँगै (सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन गर्न पाउने छन्।

    महानगरले चालु आर्थिक वर्षमा १ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको छ। जसमध्ये ४० करोड घर बहाल घरबाट उठाउने योजना बनाएको छ।

    मन्त्रालयलाई हप्ता दिन अगाडि पत्र पठाए पनि अलिहेसम्म कुनै जवाफ नआएको महानगर रावश्व विभाग प्रमुख डिल्लीराज शाक्यले सेतोपाटीलाई जानकारी दिए।

    ‘घर बहाल कर केन्द्रले नै लिँदा महानगरको बजेटमा असर परेकाले मन्त्रालयलाई पत्र पठाइएका हौ। तर जवाफ आएको छैन,’ उनले भने।

    मन्त्रालयले महानगरलाई साउनदेखिको १० प्रतिशत घर बहाल कर फिर्ता गर्नुपर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij