आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय एयर फोर्सको हेलिकोप्टरको जनकपुरमा अभ्यास उडान

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • काठमाडौं, वैशाख २० । भारतीय एयर फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको छ ।

    जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो । मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् ।

    भ्रमणका बेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाबसमेत दिएका छन् । उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो ।

    मोदी गाडीमै जानकी मन्दिर जाने

    मोदी बाह्रबिघा मैदानबाट गाडीमै जानकी मन्दिर जाने भारतीय अधिकारीले नेपाली अधिकारीलाई जानकारी दिएका छन् । तर, नेपाली पक्षले गाडी र पैदल दुवै विकल्प राख्ने गरी तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर भने बाह्रबिघाबाहेक स्थानमा अवतरणको व्यवस्था मिलाउने प्रदेश सरकारको तयारी छ । –नयाँ पत्रिका दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij