आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रत्येक अस्पतालमा संक्रमण नियन्त्रण कमिटी राख्न चिकित्सकहरुको सुझाव

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • काठमाडौं, वैशाख २० । चिकित्सकहरुले प्रत्येक अस्पतालमा संक्रमण नियन्त्रण गर्ने कमिटी राख्न सुझाव दिएका छन् ।

    अस्पतालमा हुने इन्फेक्सन नियन्त्रण र रोकथामबारे बिहीबार काठमाडौंमा भएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालमा हुने संक्रमणका कारण २५ प्रतिशत मानिसको ज्यान जोखिममा रहेकाले यसको नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

    सम्मेलनमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. ज्योतेन्द्र शर्माले अस्पतालले संक्रमण नियन्त्रण गर्न बेवास्ता गर्दा बिरामीको ज्यान जोखिममा परेको भन्दै गुनासो गरे ।

    स्वास्थ्य मन्त्रालयका वरिष्ठ चिकित्सक डा. सुशील प्याकुरेलले संक्रमण नियन्त्रण नगरी उपचार गर्ने हो त्यसले झन् समस्या बढाउने चेतावनी दिए ।

    अञ्चल अस्पताल र वीर अस्पतालले नै अस्पतालमा हुने संक्रमण नियन्त्रण नगरी उपचार गराइरहेको डा. प्याकुरेलले बताए ।

    चिकित्सक र नर्सको लापरबाहीका कारण पनि अस्पतालमा संक्रमण बढेको चिकित्सकहरुले बताएका थिए ।

    बिरामीको उपचारअघि हात धुने, बेड सिट, पर्दाको सफाइ र बिरामीलाई धेरै व्यक्तिसँग भेट गर्न नदिए संक्रमणलाई कम गर्नसकिने चिकित्सकको सुझाव छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij