आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीको घेरा तोडेर तालाबन्दी

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • इलाम, वैशाख २० । विभिन्न मागसहित आन्दोलनमा उत्रिएको संयुक्त विद्यार्थी संगठनले शिक्षा विकास तथा समन्वय इकाइ इलामको कार्यालयमा तालाबन्दी गरेको छ ।

    अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियन सम्मिलित संयुक्त विद्यार्थी संगठनले बिहीबार प्रहरीको घेरा तोडेर तालाबन्दी गरेको हो ।

    विभिन्न ११ बुँदे शैक्षिक मागसहितको ज्ञापनपत्र पेस गर्दै ती विद्यार्थी संगठनसम्बद्धहरुले जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    शैक्षिक क्षेत्रमा मौलाएको शुल्कवृद्धि, कालोबजारी, अनियमितता अन्त्यको माग गर्दै अनिश्चितकालका लागि तालाबन्दी गरिएको जनाइएको छ ।

    तालाबन्दीकाक्रममा प्रहरी र विद्यार्थीहरुबीच सामान्य ठेलाठेलसमेत भएको थियो ।

    प्रहरीले संयुक्त विद्यार्थी संगठनलाई शिक्षा कार्यालय प्रवेशमा रोक लगाएपछि ठेलाठेल भएको हो ।

    प्रहरीले विद्यार्थीलाई कार्यालय परिसरमै रोकेपछि विद्यार्थीले शिक्षा विकास इकाइ र प्रहरीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    प्रहरी दमन भएको भन्दै चर्को नाराबाजी गर्दै विद्यार्थी प्रहरीको घेराबन्दी तोडेर शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा प्रवेश गरेका थिए । प्रहरीले भने संयमता अपनाएको देखिन्थ्यो ।

    केन्द्रीय कार्यक्रमअनुसार तालाबन्दी गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा सिटी जुलस गर्ने कार्यक्रम रहेको जनाएको छ ।

    यसअघि, संयुक्त विद्यार्थी संगठनले निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को कार्यालयमा तालाबन्दी गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij