आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कन्चनपुरमा पाँचतले भ्यू–टावर निर्माण हुने

  • प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५



  • कन्चनपुर, वैशाख २२ । कन्चनपुरको भीमदत्त नगरपालिका–९, मटेनास्थित चुरे क्षेत्रमा पर्ने ताराकोटमा पाँचतले भ्यू–टावर निर्माण हुने भएको छ ।

    चालू आर्थिक वर्षमै भ्यू–टावर निर्माण गर्ने योजनाका साथ नगरपालिकाले परामर्शदाता नियुक्त गरी यसको सम्भाव्यता अध्ययन गराएको थियो ।

    उक्त अध्ययन प्रतिवेदन कार्यालयलाई बुझाइसकेको नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले बताए ।

    पाँचतले भ्यू–टावर निर्माणका लागि रु एक करोड ६८ लाख खर्च हुने अनुमान गरिएको छ । बजेट बढी भएकाले संशोधनका लागि परामर्शदातालाई आग्रह गरिएको छ ।

    धार्मिक पर्यटकीय क्षेत्र झिलमिला तालसम्म सडक कालोपत्रे हुनेपछि दर्शनार्थी र पर्यटकलाई दृष्यावलोकनका लागि भ्यू–टावर बनाउन लागिएको हो ।

    सघन सहरी विकास कार्यक्रमअन्तर्गत् मटेनाबाट ताराकोटसम्मको सडकलाई कालोपत्रे बनाउन थालिएको छ । मटेनाबाट ताराकोट साढे ९ किलोमिटर छ ।

    तीमध्ये पहिलो चरणमा मटेनाबाट ताराकोटनजिक सुगर खालीसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।

    इन्जिनियर ऐरकाअनुसार पाँचतले भ्यू–टावरसहित शौचालय निर्माण हुने परामर्शदाताको प्रतिवेदनमा उल्लेख छ ।

    ताराकोटबाट तालसम्म पुग्न ४०० मिटर हिँड्नुपर्नेछ । ताराकोटबाट तालसम्म पुग्न सिंढीहरु निर्माण गरिनेछन् ।

    भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले ब्रह्मदेवदेखि रौटेलासम्म धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका हुन् ।

    राटेलादेखि ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटकीय मार्ग निर्माण गरी झिलमिला, ब्रह्मदेव, भम्केनीधाम, विष्णु मन्दिर साकेत धाम र रौटेलाको विकास गर्ने लक्ष्य राखेर पूर्वाधार निर्माणका कार्य गरिएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij