आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम शनिवार नेपालगंजमा समापन

  • प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५



  • मधु पौडेल , बाँके । प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम शनिवार नेपालगंजमा समापन भएको छ । युवा महिलाहरुको लागि आयोजना गरीएको सो तालिममा बाके जिल्ला अन्तर्गत पर्ने खजुरा ,डुडुवा र वैजनाथ गाउँपालिका ३० जना युवा महिलाहरुको उपस्थिति रहेको थियो ।

    नेपालगंज बाकेमा विगत लामो समयदेखी युवाहरुका लागि काम गर्दै आएको राइजिङ आइडल्स बाकेको आयोजनामा सञ्चालित तालिम प्लान इन्टर नेशनल नेपाल नेपालगंज बाकेको सहयोगमा सो तालिम  सम्पन्न भएको हो ।DSC_2005

    समापन कार्यक्रमको प्रमुख आतिथिमा प्लान इन्टर नेशनल नेपाल नेपालगंजका प्रमुख मिना पराजुली रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व राइजिङ आइडल्स बाकेका अध्यक्ष विनोद शर्माले गर्नु भएको थियो ।

    राइजिङ आइडल्सबाकेका कार्यक्रम अधिकृत विष्णु अधिकारीले सञ्चालन गरेको समापन कार्यक्रममा प्लान प्रमुख पराजुली,राइजिङ आइडलका संस्थापक अध्यक्ष आशिष कुमार वर्मा,गैरसरकारी संस्था बाके अध्यक्ष सपना भट्टराई,नेपाल पत्रकार महासंघ प्रदेश न ५ का सचिव शुक्रऋषि चौलागाई,प्रस्तावना तथा प्रतिवेदन लेखनका प्रशिक्षक शुशिल चौधरी ,जिल्ला बाल संजाल बाके अध्यक्ष श्वेता गुरुङ लगाएतले बोल्नु भएको थियो । DSC_2012

    कार्यक्रममा प्रमुख अतिथि पराजुलीलाई नेपालगंजमा प्लानको प्रमुखका रुपमा पहिलो पटक आएको हुदाँ राइजिङ आइडल्सबाकेले स्वागत गरेको राइजिङ आइडिल बाकेका संस्थापक अध्यक्ष वर्माले जानकारी दिनु भयो ।

    राइजिङ आइडल्स बाकेका कार्यक्रम अधिकृत अधिकारीका अनुसार तालिममा सहभागि युवा महिलाहरुको सहभागितामा  गठित तिन युवा महिला समुहको संस्थागत विकासका लागि प्रन्धओटा शिर्षकमा विभिन्न सामग्रीहरु वितरण गरीएको बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij