प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५
मधु पौडेल , बाँके । नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका सभापति सह–प्राध्यापक जगत तिमिल्सिनाले नेपाल आंशिक प्राध्यापक संघको समस्या छिटै समाधान हुने बताउनु भएको छ ।
नेपाल आंशिक प्राध्यापक संघको समस्या बुझ्न नेपालगंज आइपुग्नु भएको सभापति तिमिल्सिनाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाकेका प्राजातान्त्रिक समुहका प्राध्यापकहरुको एक सम्वादमा सो कुरा बताउनु भएको हो ।
सभापति तिमिसिल्नाले प्राजातन्त्रवादी प्राध्यापक संघको ठुलो प्रयासबाट विगतमा आंशिक प्राध्यापकहरुको समस्यालाई तत्कालिन प्राधान मंत्री शेरबहादुर देउवा समक्ष राखेको र तत्कालिन सरकारले सम्वोधन गरी सकेको विषयलाई बर्तमान सरकारले चासो नलिरहेको आरोप लगाउनु भयो ।
सभापति तिमिल्सनाले भने,प्राजातन्त्रवादी संघ नेपालको अथक प्रयासबाट नेपाल कांगे्रसका प्रधानमंत्री शेरबहादुर देउवालाई निवेदन गरेर,हामीे विश्वास दिलाएर क्याविनेटबाट १४२० प्राध्यापकहरुको दरवन्दी पास भएको र अहिले सरकारले त्यो दरवन्दीलाई कार्यान्वयन नगरेको र हामीले सो दरवन्दी रद्ध गरेको भन्ने सुन्नमा आएको हुदाँ यसमा हाम्रो ध्यानाकर्षण भएको छ,”उहाँले भन्नु भयोर्,अहिले आंशिका साथिहरु आन्दोलनमा हुनु हुन्छ यस कुरालाई हामीले नेपाल कांग्रेसमा पार्टी सभापति लार्इृ भनेर,कांगे्रसले अव आंशिक प्राध्यापक संघको मुद्धालाइृ पार्टिको मुद्धा बनाएर संसदमा लैजाने छ ।”
सभापति तिमिल्सेनाले वर्तमान गठवन्धन सरकारले बौद्धिक वर्गको मागलाई सम्वाधन नगरेर वौद्धिक शोषण गरेको आरोप लगाउनु भयो । उहाले आंशिक प्राध्यापकको मुद्धा लाई लिएर पार्टिमा दवाव दिने आश्वासन दिदै क्याम्पसमा भएको कक्षा बहिस्कारको कार्यक्रमलाई फिर्ता लिदै कक्षाहरु सुचारु गर्न निर्देशन दिनु भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij