आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतसँग वाणिज्य सन्धि पुनरावलोकनको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री

  • प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५



  • काठमाडौं, वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको बढ्दो व्यापार घाटा कम गराउन सरकारले पहल गरिरहेको बताएका छन् ।

    व्यापार नेपालको अनुकूल हुनेगरी वातावरण तयार पार्न भारत सरकारसँग छलफल भइरहेको उनको भनाइ छ ।

    नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा नेपाल–भारत व्यापार प्रवद्र्धन विषयमा गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सन् २००१ को वाणिज्य सन्धिका कारण भारतसँगको व्यापार असन्तुलन भएको भन्दै परिमार्जनको तयारी भइरहेको बताएका हुन् ।

    सन् १९९६ को वाणिज्य सन्धिकाक्रममा व्यापार सन्तुलन रहेकाले सोहीअनुसार वाणिज्य सन्धि पुनरावलोकनको तयारी भइरहेको उनले उल्लेख गरे ।

    हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकाक्रममा भएका सहमति कार्यान्वयनका लागि पनि नेपालको तर्फबाट पूर्णरुपमा काम भइरहेको उनले जानकारी गराए ।

    रेलमार्ग र जलमार्गका लागि सम्भाव्यता अध्ययन गर्न दुवै देशले समिति गठन गर्ने प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी गराए ।

    चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानी भित्र्याउन भारतीय लगानीसहित भारतमा लगानी गरिरहेका तेस्रो मुलुकका लगानीकर्तासँग भारतमा बृहत् छलफलका लागि चेम्बरले पहल गरिरहेको बताए ।

    उनले नेपालको हीतमा हुनेगरी कुनैपनि सन्धि–सम्झौता गर्न पछि नपर्ने पनि सुझाव दिए ।

    कार्यक्रममा व्यवसायीहरुले भारतीय गाडी सहजरुपमा नेपाल प्रवेश गरेजस्तै नेपाली गाडी पनि भारतमा सहज प्रवेश गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij