आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारी रिहा

  • प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५



  • काठमाडौं, वैशाख २३ । सार्वजनिक यातायात क्षेत्रमा हडताल आह्वान गरेपछि पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारी आगामी दिनमा हडताल नगर्ने सर्तमा रिहा भएका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार दिउँसो यातायातमा ‘सिन्डिकेट’ नगर्ने, निर्वाध यातायात सन्चालन गर्ने र आगामी दिनमा बन्द, हडतालसमेत नगर्ने सर्तमा लिखित सम्झौता गरेपछि उनीहरु रिहा भएका हुन् ।

    रिहा हुनेहरुमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला, उपाध्यक्ष विजय स्वाँर, वसन्त भण्डारी, धर्म धिमाल र किरण खड्का रहेका छन् ।

    शुक्रबार देशभर सार्वजनिक गाडी नचलाएर आन्दोलनमा उत्रेका १०० भन्दा धेरै व्यवसायी पक्राउ परेका थिए । तीमध्ये ‘कानुनबमोजिम चल्छु र आइन्दा हडताल गर्दिनँ’ भन्नेलाई कागज गराएर रिहा गरिएको हो ।

    कागज गर्न नमान्ने व्यवसायीकाबारेमा भने अनुसन्धान गर्ने र कानुनअनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij