आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नक्कली पेस्तोल देखाएर गुन्डागर्दी, समातिए सुदीप

  • प्रकाशित मिति : बुधबार, बैशाख २६, २०७५



  • काठमाडौं, वैशाख २६ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

    वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुसी, वसुन्धरालगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

    महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा होटल व्यवसायीलाई पेस्तोल देखाइ डर, त्रास, धाकधम्की देखाइ रकम माग गरेको भन्ने सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको बताए ।

    ‘गुरुङले विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको पैसासमेत नतिरी हिँड्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ’–उनले भने । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij