प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदैछन्। यसपालिको भ्रमणमा मोदीले जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथमा विशेष पूजा गर्दैछन्। पूजा गर्न उनी पशुपतिनाथ मन्दिर पनि जानेछन्। शुक्रबार बिहान सवा नौ बजे बिहारको पटनाबाट भारतीय वायू सेनाको हेलिकप्टरमा जनकपुर अोर्लने मोदी अर्को दिन साँझ काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
मोदीको दुई दिने नेपाल भ्रमणको कार्यतालिका यस्तो छ:
वैशाख २८ गते शुक्रबार
बिहान ९:१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९:३०– जानकी मन्दिरमा पूजा।
१०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
४:००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६:००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।
वैशाख २९ गते शनिबार
६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८:३०– मुक्तिनाथमा पूजा।
१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११:३०– होटल हायात प्रस्थान।
२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij