आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोदी आउँदा जनकपुरमा माक्स लगाएर र सामान बोकेर हिँड्न निषेध

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • जनकपुर, वैशाख २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउन केही घन्टामात्र बाँकी रहँदा तयारी करिब सकिएको छ ।

    जिल्ला प्रशासन कार्यालय धनुषाकाअनुसार अहिले धनुषामा ९ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    मोदीको स्वागत र नागरिक अभिनन्दनका लागि सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ । यद्यपि, बाँकी तयारी अझै चलिरहेकै छ ।

    बिहीबार (आज) मध्याह्न १२ बजेदेखि शुक्रबारसम्म जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । मोदीको अभिनन्दन गरिने बाह्रबिघासमेत सुरक्षाकर्मीले घेरेका छन् ।

    धार्मिक र ऐतिहासिक नगर जनकपुर सिंगारेर चिरिच्याँट्ट पारिएको छ । विमानस्थलबाट जानकी मन्दिर र नागरिक अभिनन्दनस्थलसम्म पर्खालको रङरोगन त्यसमाथि मिथिला संस्कृति झल्कने विभिन्न चित्रकलासमेत बनाइएका छन् ।

    २९ घन्टा नेपालमा रहँदा मोदीले जनकपुरधाममा करिब दुई घन्टा बिताउने कार्यतालिका छ ।

    बिहीबार बिहान सवा १० बजे जनकपुरमा आइपुग्ने उनी जानकी मन्दिरमा पूजापाठ सकाएर रंगभूमि मैदानमा अभिनन्दन कार्यक्रममा सरिक हुनेछन् ।

    मोदीको स्वागत र अभिनन्दनका लागि लाखौं नागरिकलाई सहभागी हुनसमेत प्रदेश सरकारले आग्रह गरेको छ ।

    त्यस्तै, भारतीय प्रधानमन्त्री मोदी आएको बेला जनकपुर क्षेत्रमा माक्स लगाएर र सामान बोकेर हिँड्नसमेत निषेध गरिएको छ ।

    मोदीको भ्रमणलाई लक्षित गरी प्रदेश नम्बर–२ मा शुक्रबार सार्वजनिक बिदासमेत दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij