आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका काम समयमै पूरा गर्न दबाब

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०७५



  • भैरहवा, जेठ ८ । लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका योजना निर्धारित समयमै पूरा गर्न दबाब दिँदै नागरिक समाज लुम्बिनीले सरकारको ध्यानाकर्षण गराएको छ ।

    नागरिक समाज लुम्बिनीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै शुरु भएका विकासका काममा विलम्ब नगर्न ध्यानाकर्षण गराएको हो ।

    लुम्विनीस्थित राजकीय बुद्धबिहारका प्रमुख भन्ते सागर धम्मको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा भैरहवा—लुम्विनीको निर्माणाधीन सडक, पुलको अवस्था, विकास निर्माणमा कामको गुणस्तर, धुलो, ध्वनी प्रदूषण तथा फोहोरमैलाको समस्याका बारेमा उल्लेख गरिएको छ ।

    त्यसैगरी उद्योगहरुको प्रदूषणका कारण लुम्बिनीको अस्तित्व नै खतरामा पुगेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी राना मगरले लुम्बिनीको पर्यटन प्रबद्र्धन र विकास निर्माणमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij