आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहुँचका भरमा नियमविपरित भिआइपीका घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ९, २०७५



  • काठमाडौं, जेठ ९ । पहुँचका भरमा नियमविपरित व्यक्तिको घरमा काममा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनबमोजिम मन्त्रालयले पूर्वसरकारी अधिकारीहरुले राखेका सुरक्षाकर्मी फिर्ता गरेको हो ।

    राजनीतिक पहुँच र प्रभावका भरमा सरकारी पूर्व पदाधिकारी तथा उच्च प्रहरी अधिकारीहरुले घरायसी काममा लगाइरहेका सबै सुरक्षाकर्मी फिर्ता भएका छन् ।

    प्रधानमन्त्री ओलीको निर्देशनपछि गृह मन्त्रालयले अवैधानिक रुपमा काममा लगाइएका सबै सुरक्षाकर्मी फिर्ता गरिएको जनाएको छ ।

    सुरक्षा खतराको बहानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पूर्वसरकारी अधिकारीहरुले सुरक्षा गार्ड राख्ने बहानामा घरमा लगेर घरेलु कामदारको रुपमा प्रयोग गर्ने गरेका थिए ।

    गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षाकर्मी लगेर घरेलु कामदारको रुपमा प्रयोग गरिएका नेपाल प्रहरीका ३ सय १५ जना र सशस्त्र प्रहरी बलका करिब ५ सय जना सुरक्षाकर्मी फिर्ता भएको बताए ।

    त्यसैगरी कुनै पनि निकायले निर्णय नगरी घरायसी काममा प्रयोग भइरहेका ४९ जना पनि फिर्ता भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

    पहुँचका भरमा सुरक्षाकर्मीलाई सुरक्षा गार्ड राख्ने बहानामा घरमा लगेर घरेलु कामदारको रुपमा राख्न्ने गरेको गुनासो आएपछि सरकारले त्यस्ता सुरक्षाकर्मी फिर्ता गरेको हो ।

    गृह प्रवक्ता सुवेदीका अनुसार, आगामी दिनदेखि सुरक्षाकर्मी लगेर घरेलु कामदारको रुपमा प्रयोग गरिएको पाइएमा लाने ब्यक्ति र काम गर्ने दुबैलाई कारवाही गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको छ ।

    लामो समयदेखि सुरक्षाकर्मीलाई व्यक्तिगत प्रयोजनका काममा लगाइँदा आलोचनासमेत हुँदै आएको थियो ।

    पछिल्लो पटक यसमा ठोस पहल भएपछि तल्लो तहका सुरक्षाकर्मीहरुमा खुसीयाली छाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij