आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा प्रहरीको थ्री एस अप्रेशन सुरु, भट्टीका सामग्री र उत्पादनसहित सञ्चालक नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ९, २०७५



  • चितवन । प्रहरीले जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण अभियान सञ्चालन गरेको छ ।  घर/घरमा पुगेर अवैध रुपमा सञ्चालन गरेका भट्टीका सामग्री र उत्पादनसहित सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने प्रक्रिया शुरु गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरकाअनुसार वडा प्रहरी कार्यालय नारायणगढ र नारायणगढ बसपार्कस्थित प्रहरी विटले तीन दिनमा ३१ घरबाट ९५० लिटर अवैध तयारी मदिरा नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिएको मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  उक्त परिमाणको मदिरा भरतपुर महानगरपालिका–३, ४, १० र ११ बाट नियन्त्रणमा लिइएको हो । सो क्रममा १८ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, १२ सेट मदिरा बनाउन प्रयोग गरिएका भाँडा, २२० थान खाली भाँडा र ४६ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबै जनालाई पहिलो चरणमा सम्झाइबुझाइ छाडिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

    अभियानका क्रममा नियन्त्रणमा लिइएका ‘ड्रम सुईरो’ स्थानीय टोलमा फोहोर संकलनका लागि वितरण गरिने छ ।  शहरी क्षेत्रमै मदिरा भट्टी व्यापक भएको भन्दै उनले जिल्लाका अन्यत्र ठाउँमा पनि स्थानीयवासी र प्रहरीले यो अभियान जारी राखेको बताए ।

    ‘सर्च स्वीप एण्ड स्क्रिनिङ’ अप्रेशन (थ्री एस अप्रेशन) नाम दिएर जिल्लाभर अवैध मदिरा नियन्त्रण गरिने राठौरले बताए ।  जिल्लामा के कहाँ यस्ता भट्टी छन्, भन्ने बारेमा व्यापक खोजी भइरहेको बताउँदै यसको तथ्यांक समेत संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो । यसअघि अवैध मदिरा ढुवानीका क्रममा नियन्त्रणमा लिने गरिएको भए पनि अहिले घर÷घरमा पुगेर खोजी गरी नियन्त्रण गरिँदै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij