आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

केसी र पोख्रेलको निधनप्रति दुख ब्यक्त

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०७५



  • शिबराज पन्थी,१० जेठ गढवा । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका तदर्थ समिति तथा प्रथम कार्यसमितिका कोषाध्यक्ष माधव केसीको मिति २०७५ बैशाख ३० का दिन ६१ बर्षको उमेरमा भएको निधन तथा उपसभापति हरि पोखे्रल,उप–कोषाध्यक्ष खुमानन्द पोखे्रल र आजिवन सदस्य बिष्णु प्रसाद पोखे्रल र कपिलबस्तुका आजिवन सदस्य चुडामणि पोखे्रलकी ममतामयी आमाको यहि मिति २०७५ जेष्ठ ५ का दिन दुखद निधन भएकोमा उपशाखा परिवारले गहिरो दुःख ब्यक्त गरेको छ ।

    रेडक्रस उपशाखाको एक टोली बुधवार केसी तथा पोख्रेलको निवास गढवामा पुगी दुःखको घडीमा मृतात्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो दुख ब्यक्त गर्दै समवेदना–पत्र प्रदान गरेको छ ।

    टोलीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, इन्कोर कार्यक्रमका फिल्ड अधिकृत देवि प्रसाद प्याकुरेल, उपशाखाका सभापति दिपक कुमार यादव, संस्थापक सभापति खिमानन्द पाण्डे, पुर्व कार्यसमितिका सदस्य रामप्रसाद गैरे, सल्लाहकार भगवती प्रसाद चौधरी, उपशाखा सचिव शिबराज पन्थी, सहसचिव मधा न्यौपाने, कार्यसमितिका सदस्यहरु तेजप्रसाद न्यौपाने, गोमा रिजाल, चन्द्रराज पाण्डेय र आजिवन सदस्यहरु केशवराज भुसाल तथा खड्क जिसी रहनुभएको थियो । कार्यक्रममा मृतक बेगमता पोखे्रलको संझनामा श्रद्धाञ्जली अर्पण गरी समवेदना–पत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij