आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जलवायु अनूकुलन योजना स्तरिकरण गर्न कार्यशाला

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०७५



  • शिबराज पन्थी,१० जेठ गढवा । जिल्ला समन्वय समिति दाङ र नेपाल जलवायु परिवर्तन अनुकुलन सहयोग कार्यक्रमको आयोजनामा बिहिवार देउखुरीको गढवामा एकदिवसीय कार्यशाला सम्पन्न भएको छ ।

    गढवा गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष वालचन्द्र हमालको अध्यक्षतामा भएको कार्यक्रममा बढ्दो वन विनास, खेतिपातिमा रासायनिक बिषाधीको अधिकतम प्रयोग र प्राकृतिक स्रोत साधनको अनियन्त्रीत दोहनका कारण जलवायु परिवर्तन भएको र यसले मानव, पशुचौपायाको स्वास्थ्य, खेतीपाती र प्राकृतिक प्रकोपहरु सुख्खा खडेरी,अतिबृष्टि, अनाबृष्टि, बाढी पहिरो जस्ता खतराहरु उत्पन्न गराएको कार्यक्रमको निश्कर्ष रहेको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी र स्तानीय संघसंस्थाको सहभागीता रहेको थियो ।

    कार्यशालाबाट जलवायु परिवर्तनका कारण निम्तीएका जोखिमहरुको पहिचान गरी जलवायु अनुकुलनका योजनाहरु तयार गर्ने, स्तरिकरण गर्ने र स्थानीय सरकारी निकायबाट कार्यन्वयनको चरणमा लैजाने कार्यक्रमको लक्ष्य रहेको जिल्ला कार्यक्रम अधिकृत अभयकर्ण सिंहले बताउनु भयो ।

    कार्यक्रममा जलवायु परिवर्तन अनुकुलन सहयोग कार्यक्रमका क्षेत्रिय संयोजक तिर्थराज पन्थी, जिल्ला कार्यक्रम अधिकृत रमेश गौतम, सामुदायिक सहजकर्ता सरस्वता पौडेल र विष्णु विसीले सहजिकरण गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij