आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुन तस्करी र सनम हत्या प्रकरणमा ‘गोरे’को बयानका आधारमा थप एकजना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५



  • विराटनगर, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उर्लाबारी–५ का रेवत आचार्यलार्ई गएराति पक्राउ गरेको हो । उनी तत्कालिन एमाले कार्यकर्ता हुन् ।

    चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उर्लाबारीमा आचार्यको सुन पसल छ ।

    प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा कुनै जानकारी दिएको छैन । मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् ।

    यसैबीच, मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ को बयान आज पनि लिने भएको छ । लगातार दुई दिनसम्म गोरेसँग लिइएको बयान नसकिएपछि आज पनि लिन लागिएको हो ।

    अदालतले गोरेसँग हिजो साढे ५ घण्टा बयान लिएको थियो । गोरेको बयानबाट धेरै महत्वपूर्ण सूचना आएको अदालत स्रोतले जनाएको छ ।

    बयानमा उनले केही ठूला ब्यक्तिको नामसमेत खोलेको बताइएको छ । तर ती नामहरु खुलाउन बयान लिने अधिकारीहरुले अस्वीकार गरेका छन् ।

    गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij