आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेलिकप्टरमात्र चलेपनि नागिडाँडा एयरपोर्ट चल्छः पर्यटन मन्त्री

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५



  • संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम  द्रुत गतिमा अगाडि बढेको जानकारी दिए।

    सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले ठाउँ सिफारिस गरेको र मन्त्रालयले विमानस्थल निर्माणको काम अगाडि बढाएको जानकारी दिए।

    विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अगाडि बढाइएको उनले बताए।

    आफूले सय दिनभित्र गर्ने भनेर ल्याएको कार्ययोजनाको ९५ प्रतिशत काम पुरा भएको बताउँदै काभ्रेमा बैकल्पिक आन्तरिक विमानस्थलको ठाउँ निर्धारण एक भएको बताए।

    उक्त विमानस्थल औचित्यमाथि प्रश्न उठेको आफू त्यस्ता हरेक प्रश्नको उत्तर दिन तयार भएको बताए।

    ‘म हरेक प्रश्नको जवाफ दिन तयार छु मैले गरेका हरेक कामको जिम्मेवारी म लिन्छु काभ्रेमा आन्तरिक विमानस्थल सम्भव छ त्यो व्यावसायिक,प्राविधिक र आवश्यकताको हिसाबले पनि उपयुक्त छ’मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने,‘यसले कम्तिमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३१ प्रतिशत ट्राफिक कम हुनेछ।’

    देशका कतिपय ठाउँमा जहाज नै नउड्ने ठाउँमा पनि विमानस्थल बनेको भन्दै उनले नागिडाँडामा त साानै भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक कम हुनेगरी बन्ने उनको भनाइ छ।

    ‘अहिलेको हाम्रो उकुसमुकुसलाई ३१ प्रतिशत कम एकातिर गर्छ भने त्यहाँ ठुला जहाज नगए पनि हेलिकप्टरमात्र चलेपनि व्यावसायिकरुपमा त्यो विमानस्थल चल्छ।’

    काभ्रेकाे नागिडाँडामा साना जहाज उडान तथा अवतरण गर्न मिल्ने विमानस्थल बनाउन सकिने पूर्वसम्भाव्यताबाट देखिएकाे छ। ६ सयदेखि १२ सय मिटरसम्मकाे धावन मार्ग बनाउन सकिने उक्त अायाेजनाकाे लागत १० अर्ब लागत लाग्ने अनुमान गरिएकाे छ भने पाँच वर्षमा सम्पन्न हुने छ।

    सय दिनभित्र गर्ने भनिएका महत्वपुर्ण कामहरु सम्पन्न भएको र नयाँ आर्थिक वर्षदेखि नयाँ कार्यक्रमसहित अगाडि बढ्ने अधिकारीले बताए।

    अधिकारी मन्त्री हुनेवित्तिकै सयदिनभित्र गर्ने कामको सूची सार्वजनिक गरेका थिए।

    यो बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नभन्दै संचालन अवधि थप भएको छ। अहिले २१ घण्टा खुल्ला रहेको छ। त्यसतै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छ ।

    त्यस्तै पर्यटन प्रबद्र्धनका क्षेत्रमा चिनियाँ भाषामा वेवसाइट पनि यहीबीचमा सार्वजनिक गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij