आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रिय मानवअधिकार ओयोगको १८ औ वार्षिकोत्सव समारोह सम्मन्न

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १३, २०७५



  • मधु पौडेल , बाँके । राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रिय कार्यालय नेपालगंजले ओयोगको १८ औ वार्षिकोत्सव समारोह सम्मन्न गरेको छ ।
    राष्ट्रिय मानव अधिकार आयोग  ऐन २०५३ बमोजिम २०५७ जेठ १३ गते राष्ट्रिय मानव अधिकार आयोग स्थापनाको १८ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक समारोहको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

    आयोगका क्षेत्रिय निर्देशक मुरारी खरेलको अध्यक्षमा आयोजित समारोहको प्रमुख अतिथि पाँच न प्रदेशका प्रदेश सभा सदस्य ईन्द्र प्रसाद खरेल(आईपी) रहनु भएको थियो ।

    वार्षिकोत्सव समारोहमा क्षेत्रिय निर्देशक खरेलले मध्यपश्चिमाञ्चल क्षेत्रको  मानवअधिकारको वर्तमान अवस्थाको बारेको प्रतिवेदन पढेर सुनाउनु भएको थियो ।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख  रमेश कुमार केसी जिल्ला समन्वय समितिका संयोजक आजाद श्रीवास्तव,प्रमुख जिल्ला अधिकारी बाके रमेश कुमार केसी ,संघिय प्रहरी इकाई कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक घनश्याम आर्याल,गैरसहकारी संस्था बाकेका कार्यबहाक अध्यक्ष सपना भट्टराई ,उच्च अदालतबार एशोसियसन नेपालगंजका अध्यक्ष वलबहादुर थापा,वरिष्ट अधिवक्ता प्रल्हाद कार्की, मानव अधिकार सुचना केन्द्र बाके अध्यक्ष विश्वजित तिवारी ,अधिबक्ता वसन्त गौतम,अधिकारकर्मी रविन्द्र कुमार कर्ण लगाएतले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij