आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तारे होटलको संख्या १२५ पुग्यो, दुई क्यासिनो थपिए

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १४, २०७५



  • काठमाडौं । सेवा क्षेत्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ ।

    यस क्षेत्रको प्रमुख पूर्वाधार मध्येको तारे होटलको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको हो ।

    संघीय संसद्मा आज अर्थमन्त्रीले पेश गर्नुभएको आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार आलु आवको आठ महिनामा तारा स्तरको होटल संख्या १२५ पुगेको छ । अघिल्लो आव २०७३/७४ मा तारा स्तरको होटल संख्या १२० थियो ।

    तारास्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आव २०७३/७४ सम्म ९४२ रहेकामा चालु आवको प्रथम आठ महिनामा ९७७ पुगेको छ । यही अवधिमा २५१ घरबास कार्यक्रम ‘होमस्टे’ सञ्चालनमा रहेका छन् ।

    तारा स्तरका होटलको शय्या संख्या आव २०७३÷७४ मा १० हजार ७७ भएकामा चालु आवको प्रथम आठ महिनासम्ममा १० हजार ६९७ पुगेको छ ।

    आर्थिक सर्वेक्षणअनुसार तारा होटलबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शय्या संख्या चालु आवको प्रथम आठ महिनासम्ममा २९ हजार १३६ पुगेको छ ।

    सोअनुरुप चालु आवको प्रथम आठ महिनासम्ममा पर्यटकस्तरीय होटलको संख्या एक हजार १०२ र शय्या संख्या ३९ हजार ८३३ रहेको छ ।

    गत आवमा पाँच क्यासिनो सञ्चालन भएकामा चालु आवको प्रथम आठ महिनामा दुई क्यासिनो थप भई हाल सात क्यासिनो र चार मिनीक्यासिनो सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij