आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जितपुर–तौलिहवा सडक एक महिनाका लागि बन्द

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १४, २०७५



  • कपिलबस्तु, जेठ १४ । कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (४ नम्बर) सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ ।

    सडक स्रोन्नति गर्दै कालोपत्रे गरिने भएकाले सडक एक महिनाका लागि चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलबस्तुका प्रमुख रमेशप्रसाद पौडेलले बताए ।

    तौलिहवा–जितपुर सडकको जितपुरदेखि ओदारीको विभिन्न खण्डमा कालोपत्रे हुने भएकाले सोमबार (आज) देखि एक महिना सडकखण्ड बन्द हुने उनले जनाए । ‘यो सडकखण्डमा २४ सै घण्टा यातायात सेवा बन्द हुन्छ,’ उनले भने ।

    तौलिहवाबाट जितपुर ४ नम्बर, बुटवल, पोखरा, काठमाडौंको लागि छोटो दुरीको सडकको रुपमा रहेको तौलिहवा–जितपुर सडक एक महिना बन्द हुने भएपछि यात्रुहले अब लामो दुरीको यात्रा गर्नुपर्ने भएको छ ।

    कार्यालयले सो बाटोको सट्टा वैकल्पिक बाटोको रुपमा गोरुसिङगे–तौलिहवा, बुङची–कोपवा–जहदी, पिपरा–प्रगतिनगर–ओदारीको बाटो प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

    डिभिजन सडक कार्यालयले सूचना प्रकाशन गर्दै जेठ १४ गतेबाट एक महिनासम्म सडक बन्द गर्ने जानकारी दिएको छ । सदरमुकाम तौलिहवालाई राजमार्गसम्म जोड्ने प्रमुख सडक (तौलिहवा–जीतपुर) को स्तरोन्नतिको कार्य सुरु गरिएको छ ।

    एक लेनको उक्त सडक जीर्ण र साँघुरो हुँदा सवारीसाधन आवागमनमा कठिनाई भइरहेपछि सडक डिभिजन कार्यालय कपिलवस्तुले यो सडक खण्डलाई फराकिलो बनाउन थालेको हो ।

    ‘जीतपुर–तौलिहवा सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण थालिएको हो,’ डिभिजन प्रमुख पौडेलले भने । गत भदौबाट सर्भे सुरु भई मंसिरबाट निर्माण थालिएको यस सडक २० महिनामा पूरा गर्नेगरी ठेक्का दिइएको थियो ।

    भ्याटबाहेक ३३ करोड बढीमा निर्माता कम्पनी बज्रगुरु दिवा एमकेजेभीले ठेक्का लिएको छ ।

    सदरमुकामलाई राजमार्गसम्म जोड्ने सिङ्गल लेनको २१ किलोमिटर लामो यो सडक पञ्चायतकालमै बनेको थियो । तर कालोपत्रेको काम भने वि.सं. २०४६ बाट सुरु भएर २०६० मा सम्पन्न भएको थियो । हाल सोही सडकलाई दुईलेन (फराकिलो) बनाउने काम जारी छ ।

    राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा कपिलवस्तुका २ दर्जन सडक प्राथमिकताको सूचीमा परेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij