आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यासिनोको कारोबारमा राष्ट्र बैंकको नयाँ निर्देशन

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०७५



  • क्यासिनोहरुको कारोबारलाई बैंकिङ प्रणालीमार्फत बढवा दिनका लागि नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ।

    विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै राष्ट्र बैंकले क्यासिनोको कारोबारका लागि नयाँ निर्देशन दिएको हो। एकीकृत परिपत्र २०७४ लाई संशोधनसहित नयाँ व्यवस्था थप गर्न राष्ट्र बैंकले सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ।

    जसअनुसार अब क्यासिनोहरुले खेलाडीहरुबाट खेलका लागि आवश्यक रकम ५ हजार अमेरिकी डलरसम्म वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा नगदै लिन सक्नेछन्।

    सोभन्दा बढी लिनुपरेमा भने भन्सार घोषणाको प्रमाणित वा बैंकिङ प्रणालीमार्फत लिनुपर्ने व्यवस्था गरिएको छ। यसअघि ३ हजार अमेरिकी डलरको सीमा रहेको थियो।

    क्यासिनो र्याडका वित्तीय व्यवस्थापक चिरञ्जिवी आचार्यले राष्ट्र बैंकले गरेको संशोधनले क्यासिनोको कारोबार व्यवस्थापनमा केही सहजता प्रदान गर्ने बताए। ‘कारोबार बैंकिङ प्रणालीबाट हुँदै आएको हो, नगदै रकम लिन तथा दिन केही लचकता अपनाइएको छ’ उनले भने ‘यसअघि ३ हजार डलरको सीमा रहेकोमा हाल ५ हजार पुर्याइयो।’

    गेटवे पेमेन्ट सिस्टम नहुँदा रकम भुक्तानीका लागि केही चुनौतिहरु रहेको उनले औंल्याए। ‘खेलाडीहरुले पनि गेटवे पेमेन्ट सिस्टमबाटै भुक्तानी चाहन्छन्, तर त्यो व्यवस्था नभएकाले भुक्तानी प्रणाली झन्झटिलो भएको छ’ आचार्यले भने।

    त्यस्तै नयाँ व्यवस्थाअनुासार क्यासिनोहरुले बैंक तथा वित्तीय संस्थाहरुसँग आवश्यक सम्झौता गरी खेलाडीसँग पिओएसमार्फत विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन्। क्यासिनोले कारोबारमा प्राप्त हुने नगद विदेशी मुद्रा भोलिपल्टसम्म आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्ने छ।

    खेलाडीले जितेको खण्डमा सोही खाताबाट भुक्तानी दिनुपर्नेछ। यद्यपी अमेरिकी डलर ५ हजारसम्मको भुक्तानी नगदै गर्न सकिनेछ।

    क्यासिनो खेल्न आउने भारतीयहरुबाट प्राप्त हुने भारु मुद्राको छुट्टै खाता खोल्नुपर्ने छ। सो खातामा बैंकिङ च्यानलमार्फत प्राप्त हुने भारु जम्मा गर्नुपर्ने र खेलाडीले बाजी जितेको खण्डमा सोही खाताबाट बैंकिङ च्यानलमार्फत भुक्तानी दिनुपर्नेछ।

    खेलाडीले रकम बैंकमा जम्मा गरेको आधिकारिक कागजात काउन्टरमा बुझाएपछि खेलाडीलाई सोअनुसारको नम्वर उल्लेख भएको क्वाइन प्रदान गर्नुपर्नेछ। क्यासिनोले क्वाइन वितरण गर्नुअघि समय, बिनिमयदर, क्यासिनो छिरेको समय र क्वाइन नम्वर उल्लेख भएको रसिद जारी गर्नुपर्नेछ। सोही रसिदका आधारमा जितेको रकम भुक्तानी हुनेछ।

    क्यासिनोले भारतीय मुद्रा खातामा भारु १० करोड तथा परिवत्र्य विदेशी मुद्रा खातामा २० लाख अमेरिकी डलरसम्म अधिकतम मौज्दात राख्न सक्नेछन्। यसभन्दा अगाडि भारुमा कुनै वास्तविक रकमको सीमा तोकिएको थिएन।

    सोभन्दा बढी रकम जम्मा भएपछि भने नेपाली मुद्रा खातामा रकमान्तर गर्नुपर्ने र जितेको मुद्रा सोही मौज्दातबाट बैंकिङ च्यानलमार्फत पठाउनुपर्नेछ।

    जितेको रकममा नियमअनुसार कर तिरी भारुको हकमा ३० लाखको सीमासम्म र अमेरिकी डलरको हकमा १० हजारसम्म सोझै आफ्नो बैंक खातामार्फत पठाउन सकिने र सोभन्दा बढी रकम भएमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ।

    जुन खेलाडीको नाममा रकम बैंकमा जम्मा भएको छ, सोही खेलाडीलाई मात्रै क्यासिनोले खेलाउन पाउनेछन्। तथा खेलाडीले जितेको हकमा जुन देशको बैंक खाता तथा नामबाट रकम नेपाल आएको हो सोही नाममा मात्रै रकम पठाउन सकिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij