प्रकाशित मिति : बिहिबार, जेष्ठ १७, २०७५
केन्द्र र प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवलाई सरुवा र पदस्थापना गरिएको छ।
सरकारले बिहिबार तीन सहसचिव सरुवा गरेको छ भने ६ सहसचिवको पदस्थापना गरेको हो।
प्रदेश नम्बर ४ को आर्थिक मामिला मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ।
प्रदेश ७ को भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव राजनराज पाण्डेलाई सो प्रदेशकै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खटाइएको छ। प्रदेश ७ कै जल तथा उर्जा आयोग सचिवालयका इन्द्रदेव भट्ट सो प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्रालयमा खटिएका छन्।
त्यस्तै, मन्त्रालयले सहसचिव मुक्तिप्रसाद पाण्डेलाई प्रदेश ४ को आर्थिक मामिला मन्त्रालय खटाइएको छ भने गोगनबहादुर हमाललाई प्रदेश ७ को सामाजिक विकास मन्त्रालय पठाइएको छ।
रुद्रादेवी शर्मालाई प्रदेश ३ को मुख्यमन्त्री कार्यालय पठाइएको हो। केही सहसचिवलाई भने स्थानीय तह मातहत पठाइएको छ। सहसचिव टोकराज पाण्डे कलैया उपमहानगरपालिका पुगेका छन्। आनन्द सारु तुलसीपुर उपमानपा, सन्तबहादुर सुनार धनगढी उपमानपामा खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij