आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरी सेवालाई सुदृढ बनाउन विज्ञ टोली गठन

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १७, २०७५



  • प्रहरी प्रधान कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रण चुस्त दुरूस्त पार्न विज्ञ टोली गठन गरेको छ।

    प्रहरी महानिरीक्षक भएपछि सर्वेन्द्र खनालले देशभरीका प्रहरी कार्यालय र शान्ति सुरक्षाको अवस्था बुझेर सम्वन्धित विषयका विज्ञ समेटी प्रहरी भित्रका समस्या र अपराध नियन्त्रणलाई थप मजबुद पार्न विज्ञ टोली गठन गरेका हुन्।

    कारागार सुरक्षा, प्रहरी आवास सुविधा र महिला बालबालिकामाथिको हिंसा रोकथाम तथा उनीहरूको पुनर्स्थापनाका बारेमा अध्ययन गर्न सम्बन्धित क्षेत्रमा काम गरेकालाई समेटेर छुट्टा छुट्टै विज्ञ टोली गठन गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले सेतोपाटीलाई जानकारी दिए।

    प्रवक्ता थापा क्षेत्रीका अनुसार गठन गरिएको विज्ञ टोलीमा सम्वन्धित विभाग र क्षेत्रमा काम गरेका प्रहरी अधिकारीलाई समावेश गरिएको छ।

    विज्ञ टोलीले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा प्रधान कार्यालय कार्यान्वयनको चरणमा जाने प्रवक्ता थापा क्षेत्रीले बताए।

    ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन नयाँ योजना र स्रोत साधनको आवश्यकता छ, सोही कुरालाई ध्यान राखी समस्या पहिचान गर्न विज्ञ टोली गठन गरेका छौं’, उनले भने, ‘समितिले तयार पारेको प्रतिवेदनमा टेकेर हामी अघि बढ्नेछौं।’

    शान्ति सुरक्षा कायम गर्न प्रहरीको बन्दोबस्तीदेखि स्रोत साधनले धेरै फरक पार्ने र कुनै पनि काम गर्दा त्यसको गहिराईमा पुग्न ठोष नीति आवश्यकता पर्नाले आइजिपीको अग्रसरतामा टोली गठन भएको उनले जानकारी दिए।

    करिब ७२ हजार जनशक्ति भएको प्रहरी कार्यालयमा भौतिक संरचना अत्यन्तै नाजुक छन्। अझ ७२ सालको भूकम्प पछि अधिकांश प्रहरीको आवास छैन। उनीहरू टहरामै बस्न बाध्य छन्।

    दिनभरी सडकमा डिउटी गर्ने प्रहरी साँझ चुईने टहरा र त्रिपालमा सुत्न बाध्य छन्। यी र यस्ता समस्यालाई समाधान गर्न प्रहरी प्रधान कार्यालयले आवश्यकता पहिचान गर्न टोली बनाएको हो।

    प्रहरी तथ्याङ्क अनुसार प्रहरी प्रधान कार्यालयदेखि देशभरीमा गरी २ हजार ३ सय ३५ प्रहरी युनिट छन्।

    जसमध्ये ८ सय ६२ प्रहरी कार्यालयसँग मात्र प्रहरी ब्यारेक छन्, भने १४ सय ७३ प्रहरी कार्यालयमा कार्यरत प्रहरी टहरा र त्रिपालमा बस्दै आएका छन्।

    ‘प्रहरीको ब्यारेक नहुँदा र डेरामा बस्दा विभिन्न खालका समस्याहरू आउने गरेका छन्, प्रहरीलाई ब्यारेकमै राख्न पाईयो भने, भनेको बेला सुरक्षामा खटाउन सहज हुने र समयको बचतसँगै तल्ला दर्जाका प्रहरीलाई आर्थिक भार कम हुनाले हामी प्रहरीलाई ब्यारेकमै फर्काउनेमा फोकस छौं,’ प्रवक्ता थापा क्षेत्रीले सेतोपाटीसँग भने।

    त्यस्तै कारागार भित्रबाटै हुने विभिन्न अवैध धन्दादेखि अपराधका घटना निर्मुल पार्न र कारागार सुरक्षा थप मजबुद कसरी पार्नेबारे सम्बन्धीत क्षेत्रका विज्ञलाई समेटेर अध्यन टोली बनाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    त्यस्तै पछिल्लो समयमा महिला तथा बालबालिका माथि हुने हिंशाका घटना बढेपछि त्यसलाई रोकथाम गर्ने र हिंशाबाट उद्धार गरिएकालाई कसरी समाजमा पुर्नस्थापना गर्न सकिन्छ भन्ने बारे अध्ययन गर्न सम्वन्धीत क्षेत्रका विज्ञलाई जिम्मा दिइएको छ।

    बैदेशिक रोजगारीको बेथिति रोख्न प्रधान कार्यालयले डिआईजी धिरू बस्यातको नेतृत्वमा एउटा समिति गठन गरेको छ। समितिले अहिले काम गरिरहेको छ।

    ‘प्रहरी सेवा चुस्त दुरूस्त, गुण्डागर्दीको अन्त्य र समाजमा शुसासन कायम राख्न आईजीपी सा’पबाट प्रदेश जिल्ला र इकाईमा खटिएर जाने प्रहरी कर्मचारीलाई निर्देशन भईसकेको छ,’ प्रवक्ता थापाले भने, ‘शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पनि सेवा सुविधा र उनीहरुको जीवनस्तर बारे नेतृत्वको ध्यान गएको छ। त्यही अनुसार अघि बढ्ने हो।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij