आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०७५



  • कपिलवस्तु, जेठ १८ । छिमेकी जिल्लामा बर्ड फ्लु देखिपछि कपिलवस्तुमा सतर्कता अपाउन थालिएको छ । रोग नियन्त्रणका लागि कपिलबस्तुका सीमा नाकाहरुमा कडाइ गरिएको हो ।

    भारतबाट अवैध तरिकाले भित्र्याइने पंक्षीजन्य बस्तुहरुबाट बर्ड फ्लु रोग आउने जोखिम रहेको भन्दै जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायत एक दर्जन सीमानाकामा विशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।

    सीमानाकामा निगरानी बढाइपछि शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरबाट अवैध तरिकाले भित्र्याइएका २ हजार बढि कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बेवारिशे अवस्थामा रहेका चल्लालाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा दिउँसो नष्ट गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

    यस्तै प्रहरीले जिल्लाको महाराजगंज नगरपालिका, हरदौना नाकाबाट २५ क्यारेट प्रतिबन्धित सेतो अण्डासमेत बरामद गरेको छ । उक्त अण्डासमेत प्रहरीले शुक्रबार नै पशु सेवा कार्यालयका कर्मचारी, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको जनाएको छ ।

    कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेतो अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अवैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्र्याउने गरेका छन् । नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा पाउन सेतो अन्डा र चल्ला भित्र्याउने गरेका हुन् ।

    पशु सेवा कार्यालयले समेत जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराइएको जनाएको छ । बर्ड फ्लुकै कारण सरकारले २०६२ सालदेखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij