आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काम पूरा नगर्ने र बिचैमा छाडेर भाग्ने ठेकेदारलाई कारवाही हुन्छः गृहमन्त्री

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १९, २०७५



  • ताप्लेजुङ, जेठ १९ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि सवै पक्षलाई गम्भीर भएर लाग्न आह्वान गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्वाचित भवनको उद्घाटन गर्न आज ताप्लेजुङमा पुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधारको विकास नै समृद्धिको आधार भएकाले यसमा हेलचेक्र्याइँ गर्न नहुने बताए ।

    उनले सरकारले आर्थिक विकास समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै यसमा सहयोग गर्न आग्रह गरे । कुनै पनि भौतिक पूर्वाधार निर्माणमा संलग्न भएकाहरुले अब काम पूरा गर्र्नैपर्ने उनको भनाइ थियो ।

    काम पूरा नगर्ने र बिचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबिन गरेपछि कारबाही गर्न सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    गृहमन्त्री थापाले पाथीभरा जाने सडक निर्माणमा भएको ढिलासुस्तिका विषयमा समेत चासो राखेका थिए ।

    २०७२ साल असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने काम सक्ने गरि सम्झौता गरे पनि हालसम्म काम पुरा नभएकोमा सञ्चारकर्मीलगायतले स्थानीयबासिन्दाले मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij