आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिल्ला प्रशासन कार्यालयमा पहिले राष्ट्रिय गान, अनिमात्र कार्यालयको काम

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २८, २०७५



  • भैरहवा, जेठ २८ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय गानबाट कार्यालयको सेवा शुभारम्भ गर्न थालेको छ ।

    कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान र राष्ट्रिय भावना बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गर्न थालिएको हो ।

    केही दिनयता जिल्ला प्रशासन कार्यालय बुटबलमा बिहान दशबजे राष्ट्रिय गान घन्किन्छ अनि मात्र कार्यालयको काम सुरु हुन्छ ।

    प्रमुख जिल्ला अधिकारी कर्मचारी र सेवाग्राही समेत राष्ट्रिय गानमा सरिक भएपछि मात्र आ–आफ्ना काममा जाने गर्छन् ।

    राष्ट्रप्रतिको सम्मान र राष्ट्रिय भावना झल्काउने राष्ट्रिय गानले कार्यालयमा छुट्टै रौनक थप्ने गरेको छ । त्यस्तै कार्यालयले सेवाग्राहीले पाउने सेवासुविधा पनि थपेको छ ।

    सेवाग्राहीहरुका लागि प्रतीक्षा कक्षमा टेलिभजिन, फ्रि वाइफाई, खानेपानी, पंखा सुविधा उपलब्ध गराएको छ । सेवाग्राहीलाई मध्यनजर गरी दिएका सुविधाले थोरै भएपनि उनीहरुले राहतको सास फेरेका छन् ।

    कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रिय भावना अभिवृद्धि गर्न राष्ट्र गानबाट सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उदय राना बताउँछन् ।

    जिल्ला प्रशसान कार्यालयले राष्ट्रिय गानबाट कार्यालयमा सेवा दिन थालेको कार्य स्वागतयोग्य रहेको समाजसेवी र बौद्धिक वर्गको टिप्पणी छ ।

    कर्मचारीहरु राजनीतिक पार्टीको झन्डा मुनी बसेर सेवाग्राहीलाई विभेद गर्ने प्रवृत्ति रहेको र उनीहरुमा राष्ट्रिय भावना भरिएको गानले विभेदको सोंच हटाउने साहित्यकार विजय सागर श्रेष्ठको भनाइ छ ।

    कार्यालय र कर्मचारी सबैका साझा भएकाले निष्पक्ष रुपमा सेवा दिनुपर्छ । यो काम पर्याप्त नभएपनि असल सुरुवातको संकेत भने देखिएको छ ।

    जनमैत्री र विभेदरहित सेवा सञ्चालनमा सहयोग पुर्‍याउने सरकारी कार्यालय केन्द्रित हुनु आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij