आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रिसाल र पुडासैनीलाई ‘मधुपर्क’ सम्मान

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३०, २०७५



  • काठमाडौँ, ३० जेठ (रासस) – गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ साहित्यिक मासिकको ५१ औँ वर्ष प्रवेशका अवसरमा आज प्रा शिवगोपाल रिसाल र कञ्चन पुडासैनीलाई मधुपर्क सम्मान प्रदान गरिएको छ ।
    रिसाललाई पद्य र पुडासैनीलाई गद्यतर्फ सो सम्मान दिइएको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँहरुलाई सो सम्मान प्रदान गर्नुभयो । सम्मानसहित जनही रु २५ हजार राशि छ । विसं २०२५ देखि निरन्तर प्रकाशन हुँदै आएको ‘मधुपर्क’मा प्रारम्भिक अंकदेखि नै सिर्जना प्रकाशन भएका र विधागत रूपमा नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याई निरन्तर साहित्य साधनामा लागिरहेका स्रष्टामध्ये दुई जना छनोट गरी सो सम्मान वार्षिक रुपमा प्रदान गरिँदै आएको छ । यस पटक सम्मानित दुवै स्रष्टाका रचना ‘मधुपर्क’को विसंं २०२५ को अंक २ मा पहिलो पटक प्रकाशन भएका थिए ।

    संस्कृतिविद् जोशीले राज्यले साहित्य र संस्कृति क्षेत्रलाई उचित ध्यान दिन नसकेपछि निजी क्षेत्रबाट समेत साहित्यिक र संस्थागत विकासका काम भइरहेको बताउँदै तीन प्रज्ञा– प्रतिष्ठानको अवस्था सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो ।

    संस्थानका अध्यक्ष गोविन्द पोखरेल ‘गोरखापत्र’ र यसका रचनाका लेखकको पारिश्रमिक बढाइने बताउनुभयो । संस्थाका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले आगामी वर्षदेखि सो सम्मानको राशिमा रु १० हजार वृद्धि गरी जनही रु ३५ हजार बनाइने बताउनुभयो ।

    ‘मधुपर्क’का सम्पादक श्रीओम श्रेष्ठले ‘मधुपर्क’का सामग्रीलाई डिजिटल भर्सनमा पनि समावेश गर्न थालिएपछि देशविदेशमा रहेका स्रष्टामा उत्साह पैदा भएको बताउनुभयो । विसं २०२५ जेठ ३० देखि प्रकाशन शुरु भएको ‘मधुपर्क’ हाल ५९० औँ अंकको तयारीमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij