आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

  • प्रकाशित मिति : शुक्रबार, असार १, २०७५



  • पोखरा, १ असार (रासस) – जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको आज शिलान्यास गरिएको छ ।

    पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रदेश नं ४ प्रहरी प्रमुख दानसिंह बोहोराले भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।

    पोखरा लेखनाथ महानगरपालिका –९ स्थित ८–६–३–२ क्षेत्रफलमा कूल रु एक करोड ६० लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो ।

    शिलान्यास समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई सुन्दर र व्यवस्थित शहर बनाउनका लागि ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै यसको प्रभावकारिताका लागि निर्माणाधीन भवन उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रदेश नं ४ प्रहरी प्रमुख प्रनामनि दानसिंह बोहोराले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

    भवन निर्माण समितिका अध्यक्ष दिलीपराज श्रेष्ठले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij