आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शिक्षा र विज्ञान क्षेत्रमा चिनियाँ सहयोग वृद्धिको अपेक्षा

  • प्रकाशित मिति : शुक्रबार, असार १, २०७५



  • काठमाडौँ, १ असार (रासस) – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ ।

    चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको निमन्त्रणामा कुन्मिङमा आयोजित पाँचौँ चाइना साउथ एशिया एक्प्रो र तेस्रो फोरम अफ चाइना साउथ एशिया टेक्नोलोजी ट्रान्सफर र कोलाब्रेशन इनोभेशनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “प्रविधिमा आधारित शिक्षा नेपाललाई सामाजिक र राष्ट्रिय विकासमा बलियो साधन सावित हुनेछ ।” यसका लागि नेपाल र चीनबीच द्विपक्षीय र बहुआयामिक रुपमा आगामी दिनमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    भ्रमणका क्रममा मन्त्री पोखरेलको उपस्थितिमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानसँग चीनका विभिन्न प्रतिष्ठानबीच आपसी सम्झौता भएको थियो । भ्रमणका क्रममा मन्त्री पोखरेलले सो प्रान्तको प्रमुख मानिने युनान कृषि विश्व विद्यालयको अवलोकन गर्नुभयाृ । सम्मेलनका लागि गत जेठ ३० गते चीन जानुभएका मन्त्री पोखरेल भ्रमण छोट्याई आज स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij