आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘हिमचितुवा संरक्षणको जिम्मा स्थानीय युवालाई’

  • प्रकाशित मिति : शनिबार, असार २, २०७५



  • काठमाडौँ, २ जेठ (रासस) – नेपालले हिमचितुवा संरक्षणका लागि स्थानीय समुदाय र युवाको सहभागिता सुनिश्चित गरिनुपर्ने प्रस्ताव गरेको छ ।

    कीर्गिस्तानमा भएको हिमचितुवा पाइने १२ देशका वन तथा वातावरण मन्त्रीको बैठकलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयको सहभागिताबिना हिमचितुवा संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गर्नुभयो ।

    उहाँले हिमचितुवा संरक्षणमा स्थानीय युवाको सहभागिता वृद्धिलाई नेपालले प्राथमिकतामा राखेको जानकारी गराउनुभएको मन्त्रालयले जनाएको छ । हिमचितुवा पाइने देशको मन्त्रीस्तरीय बैठक यही जुन १४ र १५ मा कीर्गिस्तानको इस्यकुल शहरमा सम्पन्न भएको छ ।

    मन्त्री बस्नेतले एक वर्षअघि काठमाडौँमा बसेको बैठकको निर्णयअनुसार हिमचितुवा संरक्षण र अध्यययन÷अनुसन्धानको कामलाई कार्यान्वयनको सिलसिलामा कञ्चनजंगा संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र स्थापनाको काम भइरहेको जानकारी गराउनुभएको थियो । यसअघि हिमचितुवा पाइने देशका वन मन्त्रीको दोस्रो बैठक सन् २०१७ को जनवरीमा काठमाडौँमा भएको थियो ।

    साथै उहाँले अन्नपूर्ण र शे–फोक्सुण्डो क्षेत्रमा त्यस्तै प्रकारका अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको बताउँदै हिमचितुवा संरक्षण कार्यलाई जडीबुटी तथा पर्या–पर्यटनजस्ता कार्यक्रमसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

    बिहीबारदेखि दुई दिनसम्म चलेको बैठकले जारी गरेको घोषणापत्रमा विश्वभर रहेका हिमचितुवाको संख्या गणनाका लागि सबै सदस्य राष्ट्रमा एक संयन्त्र निर्माण गरिने उल्लेख छ ।

    त्यसका लागि सबै सदस्य मुलुकमा सम्पर्क व्यक्ति नियुक्त गरिने बताइएको छ । यस्तै घोषणापत्रमा हिमचितुवा तथा ठूला बिराला प्रजातिको अवैध निकासी पैठारी, तिनीको शिकार तथा तिनका अंगको अवैध व्यापार, बजारको अवैध माग तथा वन्यजन्तुविरुद्धका सबै खाले गतिविधि समेत कडाइका साथ रोक्ने बैठकको निर्णय छ ।

    “हामी सबै साझा रुपमा हिमचितुवा तथा ठूला प्रजातिका बिरालाको शिकार, व्यापार तथा बजारको अवैध माग रोक्नका आफ्नो देशको कानूनमा परिमार्जन र कडाई गर्ने छौँ”, घोषणापत्रमा भनिएको छ ।

    घोषणापत्रमा हिमचितुवाको गैरकानूनी ओसारपार र शिकारबारे सूचना आदानप्रदानका लागि एक अर्का मुलुक मिलेर काम गर्ने उल्लेख छ । बैठकको अध्यक्षता वन तथा वातावरणमन्त्री बस्नेतले गर्नुभएको थियो । बैठकमा हिमचितुवा पाइने देश नेपालसहित भारत, चीन, रुस, अफगानिस्तान, भुटान, काजकिस्तान, कीर्गिस्तान, मगोलिया, पाकिस्तान र उज्वेकिस्तानको सहभागिता थियो ।

    नेपालको पूर्वमा कञ्जनजंघा संरक्षण क्षेत्रदेखि पश्चिममा अपिनाम्पा संरक्षण क्षेत्रसम्म हाल हिमचितुवाको संख्या करिब ५०० रहेको अनुमानित तथ्यांक छ । यस्तै विश्वमा यसको संख्या चार हजार ५०० देखि छ हजार ५०० सम्म रहेको अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij