आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश नं ४ को बजेटमा कृषिमा प्राथमिकता

  • प्रकाशित मिति : शनिबार, असार २, २०७५



  • पोखरा, २ असार (रासस) – प्रदेश नं ४ को सरकारले कृषितर्पm रु एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

    प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा हिजो प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ कोे बजेट वक्तव्यमा सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणको माध्यमबाट प्रदेशलाई पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम बिनियोजन गर्नुभएको हो ।

    उहाँका अनुसार उन्नत जातको बिउबिजन, मलखाद्य तथा सिँचाइको व्यवस्था तथा उन्नत खेती र उच्च मूल्यबालीको विकासमा जोड दिँदै बजेटले कृषिको माध्यमबाट मुलुकको समृद्धिमा जोड दिइएको छ ।

    कृषकलाई व्यावसायिक कृषिमा आकर्षण गर्दै गरिबी निवारण र रोजगारी सिर्जनाका लागि स्थानीय तहमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका गर्ने उद्देश्यसहित रु १० करोड ८० लाख बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    यसैगरी, युवालाई कृषि पेशाप्रति आकर्षित गर्न कृषिको व्यवसायिकरण र उद्यमशीलता विकासका माध्यमबाट स्वरोजगार अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने बताउँदै गुरुङले बाली, पशुपक्षी र मत्स्य व्यावसायिक मोडल फर्म सञ्चालन गर्न कार्यविधिका आधारमा वित्तीय उत्पे्ररणा कार्यक्रमका लागि रु ४० करोड बजेटको व्यवस्था गरिएको छ ।

    मन्त्री गुरुङल कृषि उपजको संरक्षण र सुरक्षित भण्डारका लागि एक स्थानीय तह एक शीतभण्डार निर्माण कार्यक्रम सञ्चालन गर्नका लागि रु २६ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै कृषि उत्पादनलाई बजारको पहुँच विस्तारका लागि संकलन केन्द्र स्थापना गर्न रु १२ करोड ५० लाख रकम छुट्याइएकोछ ।

    बजेटमा स्याउ, सुन्तला, आलु, कफी, अदुवा, अलैंची, दूध, मासु, अर्गानीक तरकारी र पुष्प खेतीको पकेट क्षेत्र निर्धारण गरी कृषकलाई नगदेबाली तथा पशुपालनमा आकर्षण गर्नका लागि रु १२ करोड बजेट विनियोजन गरिएकोछ ।

    विद्यालयस्तरबाटै कृषि शिक्षाको प्रवद्र्धन र विकास गरी कृषि क्षेत्रमा व्यावसायिक जनशक्ति उत्पादन गर्ने नमूना कृषि फर्म र कृषि पाठशाला सञ्चालन गर्ने बजेटले व्यवस्था गरेको छ भने प्रदेशभित्र सिंचाइ आयोजना निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरिएकोछ ।

    स्थानीय तहसँगको सहकार्यमा स्वच्छ मासु उत्पादन तथा वितरणको प्रबन्ध गर्न विभिन्न स्थानमा आधुनिक बधशाला निर्माणका साथै पे्रmसहाउस सुधार कार्यक्रम समेतलाई जोडेर रु सात करोड बजेटको व्यवस्था गरिएको छ ।
    प्रदेशस्तरमा भू–उपयोग नीति तर्जुमा गरी कृषियोग्य जमिन बाँझो राख्ने अवस्थालाई निरुत्साहित गर्दै कृषि उत्पादकत्व वृद्धिका लागि व्यावसायिक खेती प्रवद्र्धनमा बजेट उत्साहप्रद्ध भएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउनुहुन्छ ।

    उहाँका अनुसार बजेटले बसाइँसराइ रोक्नुका साथै ग्रामीण क्षेत्रमा बाँझिएको जमिन उपयोग गरेर जनताको आयआर्जनमा अभिवृद्धि हुनुको साथै मुलुक समृद्धिको आधार बन्ने विश्वास व्यक्त गरिएको छ ।

    अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले मुलुकका सातवटा प्रदेशमध्ये सबै भन्दा कम बजेट भएको प्रदेश नं ४ को सरकारले ल्याएको बजेटले ग्रामीण क्षेत्रको कृषि, पर्यटन र खानेपानीलाई विशेष जोड दिएको बताउँदै कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रदेश सरकारले ल्याएको आव २०७५÷७६ का लागि कूल रु २४ अर्ब दुई करोड ३३ लाख बजेट विनियोजन गरिएको थियो । तीमध्ये चालु तर्पm छ अर्ब ९१ करोड ५५ लाख, पूँजीगतर्पm रु १५ अर्ब ९० करोड ७८ लाख र वित्तीय हस्तान्तरणका लागि एक अर्ब २० करोड छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij