प्रकाशित मिति : आइतवार, असार ३, २०७५
काठमाडौँ, ३ असार (रासस) । अन्तर्राष्ट्रिय कुङ्फु महासंघको आयोजनामा चीनको बेइजिङमा भएको कुङ्फु ट्रेनिङ क्याम्पमा सहभागी भइ नेपाली खेलाडी कमल मगर आज स्वदेश फर्किएका छन् ।
कमलले एक महिनासम्म बेइजिङ साउलिन उसु स्कुलमा प्रशिक्षण लिएका थिए । उनले प्रशिक्षणका क्रममा धेरै कुरा सिक्ने अवसर पाएकामा खुशी व्यक्त गर्नुभयो । कमललाई उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भूपेन्द्र गुरुङ, परिवारका सदस्य, खेलाडी, प्रशिक्षकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्यसअघि नेपाल उमा कुङ्फु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि बेइजिङमै भएको सेमिनारमा सहभागी भइ स्वदेश फर्किसक्नु भएको छ । अन्ठाउन्न राष्ट्रका उमा कुङ्फुका पदाधिकारी सहभागी उक्त सेमिनारमा अध्यक्ष लामाले अन्तर्राष्ट्रिय उमा कुङ्फु महासंघका अध्यक्ष फु वियाओसँग भेट गर्नुभएको थियो ।
भेटका अवसरमा अध्यक्ष लामाले आगामी दिनमा १० खेलाडीलाई चीनमा प्रशिक्षणका लागि पठाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij