आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रथ जुधाउँदै सकियो पनौती जात्रा

  • प्रकाशित मिति : शुक्रबार, असार १५, २०७५



  • बनेपा, १५ असार (रासस) ः काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ ।

    प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता अगाडिदेखि शुरु भएको जात्रामा यौनिकता झल्काउने गरी उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइन्छ । ज्या पुन्ही जात्राको नाममा परिचित सो जात्रामा पनौतीको लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटी नजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एकापसमा अबिर छर्केर हर्ष व्यक्त गर्छन् । सो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ ।

    किंवदन्तीअनुसार उन्मत्त भैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाएर जात्रा मनाउने गरेको पनौती जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कर्माचार्यले बताउनुभयो । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीन पटक एकापसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीन पटक जुधाइने उहाँले बताउनुभयो ।

    ज्यहा पुन्हीपछि पनौतीमा यो वर्षको जात्रा सकिन्छ । मन्दिरै मन्दिरको शहरका रुपमा चिनिएको पनौतीमा वर्षमा देवीदेवताको नाममा ५३ वटा जात्रा हुने र त्यसको सम्पूर्ण व्यवस्थापन एउटै समिति पनौती जात्रा मूल व्यवस्थापन समितिले गर्ने प्रचलन छ । त्यसका लागि नगरपालिकाले वार्षिक रुपमा बजेटको समेत व्यवस्था गर्दै आएको छ ।

    वर्षको अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गर्छन । छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौँ, भक्तपुर, ललितपुरदेखिका मानिसहरु जात्रा हेर्न आउने गरेको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij