आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाँच वर्षदेखि सडक कालोपत्र नसकिँदा यात्रु मारमा

  • प्रकाशित मिति : शुक्रबार, असार २२, २०७५



  • काठमाडौँ, २२ असार- पाँचवर्ष अघि शुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ ।

    पाँचवर्ष अघि गोल्डेन बुट÷कञ्चनजंघा÷पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र शुरु गरेको तीन किमी सडक पूरा हुननसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले सडक छेउमा बस्न नसकिने अवस्था रहेको स्थानीय व्यवसायी रवीन्द्र सुवेदीले गुनासो गर्नुभयो ।

    सडक डिभिजन कार्यालय मीनभवनका सूचना अधिकारी सुशीलराज भण्डारी चुच्चेपाटीबाट महाङ्कालचौरसम्मको सडक कालोपत्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने बताउनुहुन्छ ।

    “विसं २०७० ठेक्का भएको भए पनि मेलम्चीको मूल पाइप बिच्छ््याउन ढिलाइ हुँदा सडक कालोपत्र गर्न नसकिएको हो, पाइप नविच्छ््याइएको भए पहिल्यै कालोपत्र भइसक्थ्यो”–उहाँले भन्नुभयो ।

    बीचमा डेढ किमी सडक कालोपत्र भए पनि महाङ्कालचौर प्रहरी बिटबाट चुच्चेपाटीसम्मको सडकको अवस्था दयनीय छ ।

    काठमाडौँ उपत्यकाका खानेपानी लिमिटेड महाङ्कालचौर शाखाको कार्यालय अघि वर्षाैंदेखि खाडल बनेर पानी जम्ने गरेको छ । यसले गर्दा सवारी आवागमनमा समस्या हुन्छ । सवारीले पैदल हिँड्ने यात्रुलाई हिलो छ्याप्छ ।

    तीन चुलेको नागेश्वर चोकबाट आरुबारीसम्मको सडक पनि कालोपत्र हुन सकेको छैन । यो क्षेत्रमा सीमा विवादले कालोपत्र रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij