आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कनकाईमा प्रमुख आवास कार्यक्रम

  • प्रकाशित मिति : शनिबार, असार ३०, २०७५



  • सुरुङ्गा, झापा, ३० असार (रासस) – कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ ।

    नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई लाख गरी रु ४१ लाखको लागतमा नगरपालिका–७ स्थित रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।

    कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र २०५० सालभन्दा पहिलादेखि बसोबास गर्दै आएका तथा जमीन र घर नभएका परिवारलाई जमीन तथा घर निर्माण गरेर राखिने बताइएको छ । यस्ता परिवारको पहिचानका लागि नगरका नौवटै वडामा प्रतिनिधि खटाइएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

    विभिन्न सामाजिक संघसंस्थालाई समेत कार्यक्रममा सहभागी गरार्ई नगरपालिकाभित्र सुकुम्वासी र घरवारविहीनको संख्या रहुञ्जेल कार्यक्रमले निरन्तरता पाइरहने बताइएको छ । पहिलो चरणमा कनकाई–७ मा तीन कट्ठा जमीनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडा नं ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्वाले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij