शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

२८ प्रतिशत रोपाइँ बाँकी

  • प्रकाशित मिति : मङ्लबार, साउन ८, २०७५



  • चितवन ८ साउन (रासस) ः जिल्लामा अझै २८ प्रतिशत जमीनमा धान रोपाइँ हुनसकेको छैन ।

    साविकको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी रामराजा पौडेलका अनुसार हालसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ ।

    गतवर्ष यतिबेला झण्डै ८० प्रतिशत रोपाइँ भएको थियो । पौडेलका अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा सिञ्चित गर्ने खगेरी नहर र नारायणी लिफ्टमा पानी ढिलो छोड्दा तथा प्रर्याप्त वर्षात नहुँदा धान रोप्न ढिला भएको हो ।

    जिल्लाको पूर्वी क्षेत्रमा र माडीमा ९० प्रतिशत रोपाइँ भएको छ, भने भरतपुर महानगर र इच्छाकामना गाउँपालिकामा ५५ प्रतिशत मात्र रोपाइँ भएको पौडेलले बताउनुभयो । जिल्लामा २८ हजार ६ सय हेक्टरमा वर्षे धान लगाइन्छ । कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार सावित्री, राधा चार, सामामन्सुली, रामधानलगायत जातको धान लगाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij